११ कार्तिक २०८१, आइतबार 1730024265
Banner

आईसीसी टी– २० महिला विश्वकपमा नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाली महिला क्रिकेट टिमभ मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

आईसीसी टी– २० महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा समूहगत चरणमा आफ्नो एक खेल खेल्न बाँकी रहँदै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले लगातार चौथो जित हासिल गरेको छ ।

नेपालले सोमबार खेलिएको आफ्नो चौथो खेलमा कतारलाई नौ विकेटले पराजित गर्‍यो । त्यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रनले हराएको थियो । नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

तेस्रो खेलमा नेपालले बहराइनलाई तीन विकेटले पराजित गरेको थियो । कतारविरुद्दको खेलमा टस जिती नेपालले पहिले बलिङ गर्ने निणर्य लिएको थियो । पहिलो ब्याटिङमा ओर्लिएको कतारले निर्धारित ओभरमा सात विकेट गुमाएर ७४ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १०.३ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो ।

नेपाललाई सजिलो जित दिलाउन ओपनर काजल श्रेष्ठले ३२ रनको योगदान गरिन् । उनले २८ बलको सामना गरी चार चौका पनि हिर्काइन् । अर्की ओपनर सीता रानामगरले पनि २३ बलको सामना गरी अवितिज १७ रन बनाइन् ।

इन्दू बर्माले टोलीको जितमा अविजित २० रनको योगदान गरिन् । उनले केवल १२ बलको सामना गरी तीन चौका पनि हिर्काएकी थिइन् । नेपालले अतिरिक्त रुपमा ६ रन पाएको थियो । नेपालको एकमात्र विकेट कतारकी बलर सबिजा पानायानले लिइन् ।

Tags :