११ कार्तिक २०८१, आइतबार 1730031203
Banner

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक हमला

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक हमला भएको छ ।

बुधबार दिउँसो काठमाडौँको भृकुटीमण्डपमा रिपोटर्स क्लबबाट बाहिरिने क्रममा उनीमाथि सांघातिक हमला भएको हो ।

प्रहरी स्रोतका अनुसार नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबाबु सापकोटाले घारिलो हतियारले आक्रमण गरेको जनाइएको छ ।

आक्रमणपछि यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको छ ।

Tags :