११ कार्तिक २०८१, आइतबार 1730023753
Banner

एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षसहित २०५ जना निर्वाचित (सूचीसहित)

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षसहित २०५ जना निर्वाचित भएका छन् । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिए पनि सो प्रयास असफल भएपछि भएको निर्वाचनमा अध्यक्ष पदमापाल्पाका राधाकृष्ण कंडेलसहित उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलगायत निर्वाचित भएका हुन्

कंडेलले अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई २ मतको अन्तरले विजयी हासिल गरे ।

उनले कूल ९६५ मत खसेको मध्ये ४७९ मत प्राप्त गरेका थिए भने रिजालले ४७७ मत ल्याए । कंडेल पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेलनिकटको मानिन्छन् भने रिजाललाई महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरूको समर्थन थियो ।

रिजालकै पक्षमा सर्वसहमति गराउने प्रयास असफल भएपछि भदौ १६ र १७ गते आयोजना गरिएको अधिवेशन लम्बिएर भदौ १९ गते नेतृत्व चयनका लागि मतदान प्रक्रियामा गएको थियो ।

हेर्नूहोस् सूची

Tags :