११ कार्तिक २०८१, आइतबार 1730009786
समाचार

स्विट्जरल्यान्डका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं : स्विट्जरल्यान्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललेसुवेदीलाई आवासीय राजदूत नियुक्त गरेका हुन्। 

यसका साथै सुवेदीलाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।