११ कार्तिक २०८१, आइतबार 1730023942
Banner

कोशी प्रदेशमा मन्त्रिपरिषद बिस्तार, मुख्यमन्त्री र मन्त्रीह्ररुले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ लिएका हुन् । त्यस्तै मन्त्री बन्नेहरुमा एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरुले पनि शपथ लिएका छन् ।

सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

त्यसै अनुरुप कार्कीले सानो आकारको मन्त्रिपरिषद् बिस्तार गरेका हुन ।