२९ असार २०८३, सोमबार 1783926983
Banner

नेम्वाङको निधनपछि कांग्रेसले स्थगित गर्‍यो बिपी साहित्य महोत्सव

काठमाडौ । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि बिपी साहित्य महोत्सव भइरहेको थियो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित गरिएको छ।

संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहेका नेकपा एमालेका नेता, प्रतिनिधि सभा सांसद सुवास नेम्वाङको गए राति निधन भएको थियो। नेम्वाङको निधनको शोकमा बिपी साहित्य महोत्सवका आजका कार्यक्रम स्थगित गरिएको हो।

बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।