११ कार्तिक २०८१, आइतबार 1730009557
Banner

नेम्वाङको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जीका लागि पार्टी कार्यालय च्यासलमा राखिने

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ ।

नेम्वाङको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले मुख्यालयमा राखिनेछ ।

पारिवारिक स्रोतका अनुसार नेम्वाङको अन्तिम संस्कार भने अष्ट्रेलियाबाट छोरा आएपछि मात्रै हुनेछ ।

सोमबार राति काठमाडौँको बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति नै अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

Tags :