११ कार्तिक २०८१, आइतबार 1730009767
Banner

पूर्वराष्ट्रपतिद्वारा नेम्वाङको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण

काठमाडौं । पूर्वराष्ट्रपतिले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

एमाले पार्टी कार्यालयमा पुगेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेकी हुन् । श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनी भावविव्हल बनिन् ।

नेम्वाङको पार्थिव शरीरमा माल्यार्पण गर्न च्यासलमा विभिन्न दलका नेता(कार्यकर्ताहरूको भीड लागेको छ । सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत पनि पुगेका छन् । सबै स्तब्ध र मलिन अनुहारमा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली छेउमा बसेकी पूर्वराष्ट्रपति भण्डारीलाई सम्हालिन कठिन भइरहेको देखिन्थ्यो । पटकपटक रुमालले आँशु पुछिरहेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारी सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम गर्न पठाइएको थियो ।

Tags :