१० कार्तिक २०८१, शनिबार 1730002746
Banner

प्रधानमन्त्रीद्वारा नेम्वाङको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धासुमन व्यक्त गरे । यस्तै, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायतले पनि नेम्वाङको पार्थीव शरीरमाथि अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बालुवाटारस्थित निवासमा आज बिहान हृदयघात भएपछि नेम्वाङको त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो । मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने साथै अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Tags :