१० कार्तिक २०८१, शनिबार 1730002125
Banner

करिब ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने सिआइबीको तयारी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले करिब ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ ।

नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार प्रतिवेदनको लेखन सकिएको र आज वा भोलिमा नै बुझाउने तयारी भइरहेको छ ।

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् ।

चिनियाँ नागरिकले त नेपाली नागरिकतासमेत लिएको खुलेको छ । तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली पक्राउ गरेको थियो ।

Tags :