८ मंसिर २०८१, शनिबार 1732394199
Banner

भाबुक बन्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो,‘भेट्ने कुरा थियो, पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङलाई भेट्न नपाएको बताउनुभएको छ । आज बिहान दुई नेताबीच भेट्ने कुरा भएपनि त्यसअघि नै नेम्वाङको निधन भएको हो ।

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ,अस्तिको दिन सुवासजी धरानको कार्यक्रमबाट फर्केपछि फोनमा कुरा भएको थियो । उहाँको बोली सधैँ झैँ सहज थियो । मंगलबार बिहान भेट्ने कुरा भएको थियो । तर आज मंगलबार नै उहाँको पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ । भावपूर्ण श्रद्धासुमन ।

नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने भएको छ । नेम्बाङ्गको निधनमा सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।