२७ बैशाख २०८३, आइतबार 1778432392
Banner

६० केजी सुन प्रकरणमा थप ५० जनालाई बनायो सीआइबीले प्रतिवादी

काठमाडौं । ६० केजी भन्दा बढी सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले थप ५० जनालाई प्रतिवादी बनाएको छ ।

जसमध्ये ३२ जना पक्राउ परेका र १८ जना फरार रहेको सीआइबीले जनाएको छ ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । सी प्रतिवेदनमा माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष अमला रोकासमेत छिन् ।

पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन पनि सीआईबीले राय दिएको छ ।

Tags :