काठमाडौं । सीआइबीले सुन तस्करी गर्न खडा गरिएको कम्पनी रेडी ट्रेडले ३०२ किलो सुन ल्याएको भेटिएको जनाएको छ । सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर मुद्दा दायर गर्न राय दिएको छ ।
सो कम्पनीका मालिक काठमाडौँमा घर बनाउने काममा खटिने दोलखाका दिलीप भुजेलको नाममा दर्ता भएको खुलेको थियो । कम्पनी उनको नाममा दर्ता भएपनि असली मालिक भने अरु नै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।