११ कार्तिक २०८१, आइतबार 1730052568
Banner

बलात्कार आरोप लागेका सिद्धबाबालाई अदालतले दियो सफाइ

काठमाडौं । बलात्कारको आरोप लागेका सिद्ध बाबा भनिने कृष्णदासलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सुनसरी जिल्ला अदालतका तहसिलदार भरतमणि पोख्रेलले राय किताबमा अभियोग दाबी नपुगेको फैसला भएको बताए ।

सुनसरी जिल्ला अदालतको यसअघिको फैसला पुनःविचार गर्न भन्दै उच्च अदालतले जिल्लामा मुद्दा फर्काएको थियो। सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार मागदाबी नपुग्ने भन्दै आरोपितले कसुरबाट सफाइ पाउने ठहर गरेको हो।

चतराधामका धार्मिक गुरू सिद्धबाबाविरूद्ध २०७९ असार १४ मा जिल्ला अदालतमा मुद्दा परेको थियो। सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी नपुग्ने र गिरीलाई आरोपबाट सफाइ दिने फैसला सुनाएको हो।