१० कार्तिक २०८१, शनिबार 1730001807
Banner

पशुपति पुर्याइयो नेम्वाङको शव

काठमाडौं । संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुर्‍याइएको छ ।

बिहीबार ११ बजे नेम्वाङ निवासबाट निकालिएको शव आर्यघाट पुर्‍याइएको हो ।

फूलमालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको छ । त्यहाँ परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् ।

अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । अब उनको दाहसंस्कार गरिने छ ।

गएको मंगलबार बिहान हृदयाघातबाट नेम्वाङको निधन भएको थियो ।

Tags :