१० कार्तिक २०८१, शनिबार 1730002812
राजनीति

नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा अध्यक्ष, नेकपा(एमाले)का दिवंगत उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका छन् ।

प्रधानमन्त्री दाहालले बिहीबार पशुपति आर्यघाट पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।

त्यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए ।

पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलगायत विभिन्न पार्टीका नेता–कार्यकर्ता र विशिष्ट व्यक्तिले अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।