काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका नेता डा. शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलसहितको बैठक बोलाएका छन् ।
शेखरले १४ औं महाधिवेशनपछि विश्व–प्रदीप सहितको बैठक पहिलो पटक बोलाएका हुन् ।
केन्द्रीय समिति बैठकको दुई दिनअघि विश्व–प्रदीपलाई सहभागी गराएर संस्थापनइतरले छलफल गर्न खोज्नुलाई निकै महत्वका साथ हेरिएको छ ।
बैठक मंगलबार (असोज २ गते) शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको छ । बैठकका शेखर–गगन पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने उक्त समूहका एक नेताले जानकारी दिए ।
‘समूहलाई बलियो बनाउने कुरा हुने नै भयो । विश्व–प्रदीपको धारणा पनि आउँछ’ शेखर–गगन पक्षका एक नेताले भने, ‘असोज ४ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकमा हाम्रो तर्फको तयारी पनि हो ।’