१६ जेष्ठ २०८३, शनिबार 1780191947
अर्थ

टिपटप समोसा पसललाई दुई लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

काठमाडौं महानगरपालिका–१७ नघलमा रहेको पसलमा खान नमिल्ने गरी बिग्रिएको दुधबरी बेचेको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा कैफियत भेटिएपछि जरिवाना गरिएको हो ।

काठमाडौं महानगरपालिका–१७ नघलमा रहेको पसलमा खान नमिल्ने गरी बिग्रिएको दुधबरी बेचेको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा कैफियत भेटिएपछि जरिवाना गरिएको छ।

कृषि तथा पशुपन्छी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको टोलीले पसलको अनुगमन गरेको थियो । महानगरले आगामी दिनमा गुणस्तर कायम गर्न निर्देशन दिएको छ । साथै कर्मचारीको बोली वचनमा सुधार ल्याउन भनेको छ ।