३० भाद्र २०८१, आइतबार 1726459840
Banner

संविधान संशोधन गर्ने बेला भएको छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला नभएको बताएका छन् ।मंगलबार पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा पार्टी कार्यालयमा गरिएको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले अब संविधान संशोधन गर्दा विचार पु¥याएर मात्र गर्नुपर्नेसमेत बताए । यसअघि तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको भन्दै ओलीले भने, ‘अब संविधान संशोधन गर्दा अलिकति बढी, तत्काल चाहिएको विषय मात्र होइन, केही विषय राम्रै छलफल गरेर संविधान गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘एउटा हिसाबले बेला भएको छ कि छैन के लाग्छ ।’

मुलुकमा गम्भीरता भन्दा भावनात्मक विचार, प्रायोजित र आयातीत कुराबाट दबाब दिने प्रवृत्ति देखिएको उनको भनाइ थियो ।

‘आयातीत कुराबाट प्रेसर गर्ने प्रवृत्ति पनि देखिएको हुनाले, अनेक प्रकारका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने गम्भीर प्रश्न छ, त्यसैले यसमा कुनै हतारो गर्नुपर्ने छैन’ उनले भने ।