१९ श्रावण २०८३, मंगलबार 1785848187
Banner

कांग्रेस इतरसमूहले बोलाएको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक सुरु भएको छ।

बालुवाटारस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा सुरु भएको हो। पार्टीको केन्द्रीय कमिटी बैठकअघि नेता डा. शेखर कोइरालाले डाकेको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । सो बैठकमा यसअघि इतर समूहमा नभएका युवा नेताद्वय शर्मा र पौडेललाई पनि बोलाइएको थियो । तर, उनीहरु अनुस्पस्थिति छन् ।

बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय कार्यसमिति सदस्य डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरू सहभागी छन्। का‌ंग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते बस्दैछ।