७ मंसिर २०८१, शुक्रबार 1732330696
Banner

आन्दोलन रोक्न सत्तारुढ कांग्रेसका महामन्त्री थापाको आग्रह

काठमाडौं । सत्तारुढा दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले शिक्षकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।

सरकारले ल्याएको विद्यालय विधेयकको विरोध गर्दै देशभरका शिक्षक काठमाडौं आएर आन्दोलन गर्न थालेपछि थापाले यस्तो आग्रह गरेका हुन् ।

शिक्षक महासंघको नेतृत्वमा संविधान दिवसको दिनबाट सुरु भएको आन्दोलन आज पनि जारी छ । जसका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न महासंघसँग थापाले अनुरोध गरेका छन् ।

‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं,’ थापाले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरी भएको उल्लेख गरेका छन् । ‘सुधार गर्नै पर्नेछ । संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो,’ थापाले शिक्षकहरुलाई सुझाएका छन् ।

Tags :