१८ असार २०८३, बिहिबार 1783013088
Banner

एमाले वाग्मती प्रदेश अधिवेशन आज, अध्यक्षमा आधा दर्जन आकाँक्षी

काठमाडौँ–नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन आजदेखि काठमाडौँमा शुरु हुँदैछ।

काठमाडौँको भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। आयोजक कमिटीका अनुसार झण्डै १२ सय प्रतिनिधि सहभागी हुँदै छन् ।

एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा ६ जना नेताले अध्यक्षमा आकांक्षी देखाउनुभएको छ। एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि डेढ दर्जनले आन्तरिक लबिङ सुरु गरेका छन् ।

प्रदेश अध्यक्षको लागि नेकपा एमालेका केन्द्रीय सदस्यहरूले नै दाबी गर्न लागेपछि अध्यक्षको चर्चा थप बढेको हो।

बागमती प्रदेश अध्यक्षमा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेले, कृष्णप्रसाद दाहाल, सानु कुमार श्रेष्ठ, रचना खड्का, केशव पाण्डे, कृष्णभक्त श्रेष्ठ लगायतका नेताको नाम चर्चामा छ।

प्रदेश अध्यक्षको दाबी गर्ने केन्द्रीय सदस्य मध्ये ढुङ्गेल रामेछापका हुनुहुन्छ भने दाहाल मकवानपुर, श्रेष्ठ काठमाडौं र खड्का दोलखाका हुनुहुन्छ । हालका प्रदेश अध्यक्ष पाण्डे नुवाकोटका हुनुहुन्छ।

अधिवेशनमा नेताहरूले नेतृत्वको दाबी गर्नु स्वाभाविक भएको भए पनि पार्टी नेतृत्व भने भरसक सर्वसम्मतिबाट नै अध्यक्ष बनाउने कसरतमा जुटेको छ।

संघीय संरचनामा गएपछि पहिलो चोटी एमालेमा वाग्मती प्रदेश अधिवेशन हुँदै छ ।