१० कार्तिक २०८१, शनिबार 1729952301
Banner

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न गृहमन्त्रीको आग्रह

काठमाडौं । संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्न जोड दिएका छन् ।

गृहमन्त्री् श्रेष्ठले विराटनगरमा आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक सद्भाव र सहिष्णुताको रक्षा गर्नुपर्ने बताउँदै अहिले कोशी प्रदेशमा विविधता बीचको एकता, सहिष्णुतालाई कमजोर पार्न खोजिएको देखिएको बताए । यो समस्यालाई राजनीति तबरबाटै नयाँ वातावरण निर्माण गरेर मात्रै हल गर्न सकिने उनले बताए ।
‘अहिले जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विषयमा सदभाव र सहिष्णुता कायम गर्नु नै मुख्य हो’ उनले भने, ‘यो प्रदेशको समृद्धिको लागि पनि सदभाव र एकता कायम गरेर अगाडि बढ्नुपर्ने आवश्यकता हुन्छ ।’