१० कार्तिक २०८१, शनिबार 1729996815
Banner

ईः र काठमाडौँ महानगरबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौँ महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भएपनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको वार्ताका एक सहभागीले बताए ।

ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । सोमबार मेयर बालेन शाहले उनलाई ‘वान टु वान’ वार्ताका लागि भन्दै राष्ट्रियसभा गृह अगाडि दुई कुर्सी राखेर बोलाएका थिए । ईः ले आफ्नो टोली आउने भन्दै केही समय मागेका थिए ।