१० कार्तिक २०८१, शनिबार 1729945148
Banner

प्रधानमन्त्री दाहाल ल्हासामा (हेर्नूहोस् तस्वीरमा)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन् ।

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेका हुन् ।
उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे

प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुहुने कार्यक्रम छ । उनले आजै त्यहाँका चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता ग गर्नेछन् ।

उनी आज ल्हासामै बस्नुेछन् । उनका साथमा भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्य छन् ।
यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर जानुभएको थियो । छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामकारे जानकारी लिएका थिए ।

चीनको औपचारिक भ्रमणको सिलसिलामा तिब्बतको ल्हासा आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ल्हासास्थित गोन्गार विमानस्थलमा आज बिहान तिब्बतका अधिकारीद्वारा स्वागत गरिँदै ।
चीनको औपचारिक भ्रमणको सिलसिलामा तिब्बतको ल्हासा आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ल्हासास्थित गोन्गार विमानस्थलमा आज बिहान तिब्बतका अधिकारीद्वारा स्वागत गरिँदै ।
चीनको औपचारिक भ्रमणको सिलसिलामा तिब्बतको ल्हासा आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ल्हासास्थित गोन्गार विमानस्थलमा आज बिहान तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गर्नुहुँदै ।