१० कार्तिक २०८१, शनिबार 1729945378
पालिका

टोखा नगरपालिकामा असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने

काठमाडौं । टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ ।

टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन राजस्व सप्ताह आयोजना गर्न लागिएको हो । नगरले गत आवमा जम्मा रु २४ करोड ५२ लाख राजस्व सङ्कलन गरेको थियो ।