२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 9:00 pm
Banner

एमाले कर्णाली प्रदेश अधिवेशनको आज बन्दसत्र, यी हुन् अध्यक्षका आकांक्षी

सूचना प्रेस २०८० आश्विन ११ बिहिबार ००:००, ०८:०३ बजे १ मिनेट पढाइ

काठमाडौँ–नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको आज बन्दसत्र हुँदैछ । हिजो सुर्खेतमा अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

बन्दसत्र विरेन्द्रनगरको सिटी हलमा बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ । बन्दसत्रमा आज राजनीतिक सांगठनिक, लेखालगायत प्रतिवेदन पेस हुने र छलफल गरी पारित गर्ने तयारी रहेको छ ।

कर्णाली प्रदेश कमिटीको अध्यक्षमा गुलाबजंग शाह, लालबहादुर महतारा, मीनबहादुर शाही र राजबहादुर शाहीले आकांक्षा देखाउनुभएको छ ।