१० कार्तिक २०८१, शनिबार 1729937206
Banner

देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी पदाधिकारी बैठकको निष्कर्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सो बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन नदिन सचेत हुनुपर्नेमा जोड दिइएको छ ।

प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बल्लिने गतिविधि देखिएका बारे बैठकमा छलफल गरिएको जानकारी दिए ।

देशमा अराजकताको संकेत देखिएको उनको भनाइ छ ।

उनले त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए । उनले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको जानकारी गराए ।