१० कार्तिक २०८१, शनिबार 1729937305
Banner

सर्लाहीमा जलाउन लागिएको शव बरामद

काठमााडौं । सर्लाहीमा प्रहरीले चिताबाटै जलाउने तयारी गरिएको शव नियन्त्रणमा लिएको छ । प्रहरीले सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव चिताबाट नियन्त्रणम लिएको हो ।

बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटना शंकाष्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ । परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् ।

थप कुरा पोस्टमार्टमपश्चात खुल्ने प्रहरीको भनाइ छ ।