८ मंसिर २०८१, शनिबार 1732404313
समाचार

राष्ट्रिय विभूति योगमायाको सालिक अनावरण

विराटनगर महानगरपालिका-२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको सालिक अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले सालिक अनावरण गर्दै राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछूत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथाजस्ता विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन सकेको छैन, हामी सबै मिलेर उहाँले सोचेको र परिकल्पना गरेको समाज निर्माण गर्न जरुरी छ ।” कार्यक्रममा वडा नं. १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थचन्द्र न्यौपाने, प्राध्यापक कविराज न्यौपाने, समाजसेवी सुरेशकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वि.सं १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ नारीले अरुण नदीमा जलसमाधि लिनुभएको थियो । रासस