१० कार्तिक २०८१, शनिबार 1729951588
Banner

बुढाथोकी र श्रेष्ठले लिए उम्मेदवारी फिर्ता, ढुंगेल र दाहालबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका आकांक्षी थप दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्। अध्यक्षका प्रत्यासीद्वय सानुकुमार श्रेष्ठ र केशर बुढाथोकीले बिहीबार साँझ उम्मेदवारी फिर्ता लिएका हुन्। यसअघि केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका थिए।

दुवै जनाले सर्वसहमति गर्ने प्रयासस्वरुप आफूहरूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्। सर्वसहमतिबाटै नेतृत्व चयन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यही भएर उम्मेदवारी फिर्ता लिएँ, श्रेष्ठले भने। नयाँ नेतृत्वका लागि अधिवेशन अन्तर्गत भोलि बिहान मतदान हुने भनिएको छ । यद्यपी सहमतिको नाउँमा गलाएर छाड्ने ‘मूड’ मा नेतृत्व रहेको पनि चर्चा चलिरहेको छ ।