१० कार्तिक २०८१, शनिबार 1729930765
Banner

एमाले कोशी प्रदेश प्रथम अधिवेशन : भोलि बिहान ७–४ बजेसम्म मतदान

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

सार्वजनिक तालिका अनुसारशनिबार बेलुका ७:१५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भई आइतबार विहान ७ बजेदेखि ४ बजेसम्म निर्वाचन हुनेछ ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि आकांक्षीहरुले मनोनयन दर्र्ता गरिरहेको अधिवेशन स्थलमा रहेका नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाले बताए ।

नेकपा एमालेले शुक्रबार र शनिबारका लागि अधिवेशन गर्ने निर्णय गरेको थियो । तर निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने अवस्था भएपछि आइतबारसम्म समय थप गरेको हो ।

एमाले प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रमुख दाबेदार छन् ।