९ कार्तिक २०८१, शुक्रबार 1729908601
Banner

एसियन गेम्समा सहभागी नेपाल क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं । १९औं एसियाली खेलकुदका लागि चाइना गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

एसियाली खेलकुदमा समूह चरणमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको नेपाल आज स्वदेश फर्किएको हो ।

पहिलो खेलमा मंगोलियाविरुद्ध टी–२० आईमा रेकर्डै रेकर्ड बनाएको नेपाली टोलीले दोस्रो खेलमा पनि माल्दिभ्सलाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।

क्वाटर फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्‍यो । तर, पराजित भएपछि अघिल्लो चरण जानबाट बञ्चित हुँदै नेपाल फर्किएको हो ।