९ कार्तिक २०८१, शुक्रबार 1729916592
अर्थ

३ सय २० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुन पक्राउ गरिएको छ ।

प्रहरीले सो परिणामको सुनसहित भारतीय नागरिक भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी पक्राउ परेका हन् ।

उनीहरु हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा पक्राउ परेका थिए ।

उनीहरुको साथबाट २ सय २० ग्राम तौल भएको उक्त धातुको बाला १ थान तथा सिक्री १ थान र जबेरीलाई उक्त विमानस्थलको आगमन लिफ्ट भर्या ङमा जाँच गर्ने क्रममा उनको साथबाट १ सय ग्राम तौल भएको उक्त धातुको बाला १ थानसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ ।