९ मंसिर २०८१, आइतबार 1732439555
Banner

उच्चस्तरीय जाँचबुझ आयोगद्वारा सुन तस्करी प्रकरणमा छानबिन सुरु

काठमाडौं । उच्च स्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरण छानबिनका लागि काम थालेको छ ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार आयोगले बुधबारबाट केही निर्णयसहित औपचारिकरूपमा काम सुरू गरेको हो ।

इलेक्ट्रोनिक सिगरेट (भेप्स) र साउन २ गते ब्रेक सुबाट गरिएको सुत तस्करीलगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझावका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने बताएको छ ।

त्यस्तै सुन तस्करीको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार, यसअघिका तस्करीको छानबिन तथा अध्ययन र निष्कर्ष तथा प्रभाव, तस्करीमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धानलगायतका विषयमा पनि अध्ययन गर्ने आयोगले जनाएको छ ।