९ कार्तिक २०८१, शुक्रबार 1729908344
Banner

निर्वाचनका क्रममा माओवादी छाडेर जनमत प्रवेश गरेका कुशवाह एमालेमा प्रवेश

काठमाडौं । निर्वाचनका क्रममा नेकपा माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका कुशवाह बिहीबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई आज केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमाले प्रवेश गराइएको हो ।

उनलाई ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गरेका थिए ।

सो क्रममा कुशवाहले अहिलेको माओवादीले जनयुद्धकालमा ठूलो आकार लिनुमा तत्कालीन एमालेकै कार्यकर्ताको देन रहेको भन्दै अब ती पूर्वएमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने बताए ।