९ कार्तिक २०८१, शुक्रबार 1729916111
Banner

२०७५ साल पछिका सबै सरकारले आममाफीमा कानुनको दुरुपयोग गरेको महामन्त्री थापाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०७५ सालपछिका सबै सरकराले कैद मिनाहमा कानुनको उल्लंघन गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सार्वजनिक रुपमा विरोध भएको सरकारको उक्त निर्णयका विषयमा संसदलाई जवाफ दिनुपर्ने बताउँदै उनले यस्तो बताएका हुन् ।

’सरकारले संसदमा उभिएर हामीलाई बताउनुपर्छ, त्यो फेस गर्नुपर्छ, जवाफ दिनुपर्छ’ उनले भने, ‘निर्णय गरेर भाग्न पाइँदैन, यत्रो सार्वजनिक प्रश्न उठेको छ’ उनले भने ।

अहिले संसदले कानुन संशोधन नगर्ने हो भने आगामी फागुन ७ मा पनि सरकारले कानुको अपब्याख्या गरेर कैद छुट दिन सक्ने थापाले बताए ।

२०७५ सालमा मुलुकी फौजदारी संहिता र मुलुकी फौजदारी कसुर तथ सजाय निर्धारण ऐन जारी भएयता हालसम्म सरकारले ६ हजार ७४६ जना कैदीबन्दीको कैद मिनाहा गरेको थापाले बताए ।