१० कार्तिक २०८१, शनिबार 1729937708
Banner

महाराजगञ्जमा गोली लागेर घाइते भएकी असई पत्नीको मृत्यु

काठमाडौं । काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । उनी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी पत्नी हुन् । केही दिनअघि शर्मिला आफ्नै घरमा गोली लागेको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले शर्मिलाले आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुमान गरेको थियो । लक्ष्मणले घरमा राखेको पेस्तोलले शर्मिलाले आफैलाई गोली हानेको हुन सक्ने प्रहरीको अनुमान छ। लक्ष्मण चौधरी पूर्व आईजीपी ध्रुव बहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) हुन् । लक्ष्मण र शर्मिलाको बीचमा मनमुटाब हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । ‘विवाद’ कै कारण शर्मिलाले आफैँलाई गोली प्रहार गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।