९ कार्तिक २०८१, शुक्रबार 1729908523
Banner

संघीय निजामती विधेयकप्रति आपत्ति जनाउँदै स्थानीय तहका कर्मचारी आन्दोलनमा

काठमाडौं । संघीय निजामती विधेयकप्रति आपत्ति जनाउँदै स्थानीय सेवाका कर्मचारीले अत्यावश्यक सेवाबाहेकका अन्य सेवा रोकेका छन् ।

शुक्रबारदेखि उनीहरुले अत्यावश्यकबाहेकका अन्य सेवा रोकेर उनीहरुले आन्दोलन गरेका हुन् ।

सरकारले स्थानीय सेवाका कर्मचारीहरुको मागबारे बेवस्था गरेको उनीहरुको आरोप छ । मंगलबार उनीहरुले संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटेर मागपत्र पेश गर्दै शुक्रबारदेखि चेतावनी दिएका थिए ।

काठमाडौं महानगरपालिकासहित शहरी क्षेत्रका नगरपालिकाहरुमा कर्मचारीले सांकेतिक रुपमा मात्रै सेवा प्रभावित गराएका छन् ।

ग्रामीण क्षेत्रका स्थानीय तहहरुमा उपस्थित भएपनि कर्मचारीहरुले ‘पेन डाउन’ भन्दै नियमित सेवा रोकेका छन् । यसले गर्दा स्थानीय तहका कार्यलयहरु खुले पनि कर्मचारी आन्दोलनका कारण सेवाग्राही प्रभावित भएका छन् ।