९ कार्तिक २०८१, शुक्रबार 1729901385
Banner

सस्तो तथा शुपथ मूल्यका पसलहरु सञ्चालनमा

काठमाडौं । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आइतबादेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।

सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।