८ मंसिर २०८१, शनिबार 1732406676
Banner

प्रधानमन्त्री र परराष्ट्रमन्त्री साउदले गरे बंकरमा रहेका नेपालीसँग विद्यार्थीसँग सम्बाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग सम्वाद गरेका छन् ।

प्रधानमत्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट सम्वाद गरेका हुन् ।

बिपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्दार गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सबै त्यसको तयारी गरिरहेका छौं ।’

केही समयअघि मात्रै सरकारले इजरायलमा रहेका नेपाली नागरिक र शवलाई नेपाल ल्याउन पहल नगर्ने निर्णय गरेको छ । यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्र मन्त्रीले इजरायलले अनुमति दिनेवित्तिकै विमान पठाउने आश्वासन दिएका छन् ।