९ कार्तिक २०८१, शुक्रबार 1729901700
Banner

भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा

काठमाडौँ । नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेका छन् । नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै भारतीय प्रधानमन्त्री मोदीले कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेका हुन् ।

तर यसबारेमा स्थानीय प्रशासनलाई जानकारी भने छैन । मोदीले आज बिहान साढे ९ बजे नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ (गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गरेको बताइएको छ । तर यसबारेमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी नभएको बताएको छ ।

प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।