९ कार्तिक २०८१, शुक्रबार 1729894174
Banner

सानोतिनो परिवर्तनले अर्थतन्त्रमा सुधार हुँदैन : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सानोतिनो परिवर्तनले अर्थतन्त्रको सुधार सम्भव नभएको बताएका छन् ।

बिहीकार महासंघद्वारा आयोजित राष्ट्रिय आर्थिक बहसमा धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले शेयर बजार लक्षित केन्द्रीय बैंकको नीतिलगत्तै घटेको बजारले पनि यसलाई पुष्टि गरेको उल्लेख गरे ।

‘हामीले समयमा सही नीति लिन सकेनौं । अब टालटुले नीतिले तत्काल सुधार सम्भव छैन’, ढकालको भनाइ थियो ।

‘रेमिट्यान्स हालसम्मकै उच्च अर्थात् महिनामै १ खर्ब १६ अर्ब रूपैया भित्रिएको छ । यसले न बजारमा माग बढाएको छ न औपचारिक रुपमा आयात नै उच्च भएको छ । यी र यस्ता विरोधाभाषपूर्ण तथ्यांक अहिलेको अर्थतन्त्रमा देखिएको छ’, ढकालले भने ।