८ मंसिर २०८१, शनिबार 1732383639
Banner

विराटनगरमा सामूहिक बलात्कारमा संलग्न पक्राउ

काठमाडौं । विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।

घटनामा संलग्न आरोपमा तीनजना यातायात मजदुरलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । घटना विराटनगर महानगरपालिका–३ मा आइतबार बिहान राति घएको प्रहरीको भनाइ छ ।

तामाङ प्रदेश २४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकका सहचालक हुन् । घटनामा संलग्नहरू आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानको राति घटना भएको बताए ।