९ कार्तिक २०८१, शुक्रबार 1729872619
समाचार

एनआरएनए उपाध्यक्षमा लोकप्रिय बन्दै जेदु पोखरेल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव अहिले जारी छ । बिदेशमा गएको राती १२ बजेबाट र काठमाडौंको सोल्टी होटलमा बिहान १० बजेबाट अनलाईनबाट विश्वभरिनै मतदान भईरहेको छ । उपाध्यक्षका उम्मेदवार एनआरएन मेरील्यान्ड च्याप्टरका संस्थापक अध्यक्ष एवं समाजसेवी जेदु पोखरेलको लोकप्रियता बढ्दै गएको छ ।

उहाँले पदलाई मान, सम्मान र प्रतिष्ठाको बिषय भन्दा पनि काम गर्ने साधन र अवसरका रुपमा लिने गरेको बताउनुभएको छ । समाजसेवी छबी बनाउनुभएका पोखरेललाई अत्याधिक मत दिएर जिताउन उहाँका समर्थकहरु लागिपरेका छन ।

निडर र कर्मशील व्यक्तित्व भएका पोखरेल यसपटकको निर्वाचिन जितेको खण्डमा काम गरेरै आफुलाई प्रमाणित गर्ने बताउनुहुन्छ ।