९ कार्तिक २०८१, शुक्रबार 1729879559
समाचार

एनआरएनए उपाध्यक्षको चर्चामा गणेश केसी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव अहिले जारी छ । बिदेशमा गएको राती १२ बजेबाट र काठमाडौंको सोल्टी होटलमा बिहान १० बजेबाट अनलाईनबाट विश्वभरिनै मतदान भईरहेको छ । उपाध्यक्षका उम्मेदवार अष्टेलिया निवासी एवं यसअघिको कार्यसमितिमा उपमहासचिव पदमा रहेर कुशलतापुर्वक आफनो कार्यकाल सकाउनुभएका गणेश केसीको चर्चा चुलिएको हो ।

समाजसेवी छवि बनाउनुभएका केसी अष्टेलिमा समस्यामा परेका नेपालीहरुको सहयोग गदै आउनुभएको छ । उहाँले भन्नुभयो, विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न र गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छु। रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दैआएको छु। त्यस्तै, विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने कार्य गर्नेछु। देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु मेरो छ ।

उहाँले ११ औं महाधिवेशनमा सहभागी सम्पूर्णको स्वास्थ्यलाई मध्ये नजर गर्दै निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्नुभएको छ । उहाँले उप–महासचिव पदमा रही काम गरेको र संस्थामा अझै जिम्मेवार भई काम गर्ने इच्छा भएकोले सबैलाई भोट दिएर जिताउन आग्रह गर्नुभएको छ ।