९ कार्तिक २०८१, शुक्रबार 1729916554
Banner

टी २० विश्वकप एसिया छनोट आजबाट सुरु हुँदै,नेपाल र सिंगापुर प्रतिस्पर्धा गर्ने

काठमाडौं : टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ। खेल बिहान ९ बजे सुरु हुनेछ।

प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज  सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। खेल टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।  एसोसिएट देश मध्येका सबैभन्दा उत्कृष्ट टिम नेपाल रहेको छ।  फाइनलमा पुग्ने टोली विश्वकपका लागि छनोट हुनेछन्। 

नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा मलेसिया र तेस्रोमा ओमानसाग प्रतिस्पधा गर्नेछ। समूहको शीर्ष दुईमा रहे नेपाल सेमिफाइनल पुग्नेछ। फाइनल पुग्ने टोली मात्र विश्वकपमा छनोट हुनेछ। 

नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन्। दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल मल्ल प्रमुख हतियार हुन्।  स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बस्ने देखिन्छ। टोलीमा अन्य परिवर्तनको सम्भावना छैन। 

नेपालले सन् २०१४ मा नेपाल विश्वकप खेलिसकेको छ। नेपाललाई फेरि विश्वकपमा पुर्‍याउने अवसर रहेको छ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपमा २० देश सहभागी गराउने भएसँगै नेपालको सम्भावना पनि बढेको छ।  पछिल्लो केही महिनामा जसरी नेपालले खेलिरहेको छ त्यो फर्म कायम रहने भने हो नेपाल सहजै फाइनल पुग्न सक्नेछ। 

आज पहिलो दिन चार खेल हुनेछन्।  बिहान ९ बजे मुलपानी मैदानमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ। ​ टियुमा दिउँसो साढे १ बजे ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। मुलपानी मैदानमा सोहि समयमा हङकङले कुवेतसँग भिड्नेछ ।