२३ कार्तिक २०८३, सोमबार Tuesday, 10 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 1:21 am
विश्व

पार्कमा रहेको तालमा डुबेर पाँच बालबालिकाको मृत्यु

सूचना प्रेस २०८० कार्तिक १३ सोमबार ००:००, ०८:०४ बजे १ मिनेट पढाइ

काठमाडौं । पश्चिमी केन्याको उसिन गिशु काउन्टीस्थित एक लोकप्रिय मनोरञ्जन पार्कमा मनोरञ्जनका लागि बनाइएको तालमा घुम्ने क्रममा शनिबार डुङ्गा पल्टिँदा केन्याका पाँच बालबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार अराप मोई प्राथमिक विद्यालयका विद्यार्थी र उनीहरूका शिक्षकहरू मानव निर्मित बाँधमा डुङ्गा यात्राका लागि पार्कमा गएका थिए । डुङ्गा दुर्घटना स्थानीय समय अनुसार शनिबार साँझ ५ बजेतिर भएको थियो । प्रहरीका अनुसार आक्रोशित अभिभावकले पार्कको लापर्बाहीका कारण आफ्ना छोराछोरीको मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि उक्त क्षेत्रमा थप तनाव सिर्जना भएको छ । प्रहरीका अनुसार सोमबारदेखि सुरु हुने परीक्षाको तयारी पूर्व दिमागी तनाव कम गर्न विद्यार्थीहरू मनोरञ्जन पार्कमा पुगेका थिए ।