१२ आश्विन २०८३, सोमबार 8:41 am
Banner

नेपालले सिंगापुरविरूद्ध पहिले बलिङ गर्ने

आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले सिंगापुरविरूद्ध पहिले बलिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो।

सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।

एसिया कप, एसियाली खेलकुद र भर्खरै त्रिदेशीय टी-२० सिरिजमा गरेको प्रदर्शनबाट नेपाल यसपालि विश्वकपमा छनोट हुने सम्भावना बलियो रहेको आकलन गरिएको छ।