२४ कार्तिक २०८३, मंगलबार Tuesday, 10 November 2026
हामीलाई पछ्याउनुहोस्
२४ कार्तिक २०८३, मंगलबार 6:58 am
समाचार

२२ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सूचना

सूचना प्रेस २०८० कार्तिक १३ सोमबार ००:००, ०८:४९ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा तथा सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएका २२ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । 

गैरहाजिर हुनेमा प्रहरी जवानदेखि हवल्लार तथा सहायक निरिक्षकसम्म २२ जना छन् ।